Explore Nepal

नेपाल होस्टल एसोसिएसन कास्की जिल्ला कार्यसमितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरा, कास्की | होस्टल सेवा समाचार

पोखरा, कास्की | होस्टल सेवा समाचार

Published on Date Pending • 5 min read • 39 views

नेपाल होस्टल एसोसिएसन कास्की जिल्ला कार्यसमितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नेपाल होस्टल एसोसिएसन जिल्ला कार्यसमिति कास्कीको प्रथम साधारण सभा तथा अधिवेशन मिति २०८३ जेठ १६ गते शनिबार पोखरा महानगरपालिका–११, रानीपौवामा भव्य रूपमा सम्पन्न भएको छ।

कास्की जिल्ला तदर्थ समितिका अध्यक्ष पुरन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल होस्टल एसोसिएसन केन्द्रीय कार्यसमितिका महासचिव प्रकाश पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने नेपाल होस्टल एसोसिएसन काठमाडौं जिल्ला कार्यसमितिका उपाध्यक्ष किरण पंगेनी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कास्की जिल्लाका विभिन्न होस्टल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल होस्टल एसोसिएसन केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निर्वाचन प्रक्रिया सञ्चालनका लागि नियुक्त निर्वाचन आयुक्तको संयोजनमा अधिवेशन सम्पन्न भएको थियो। निर्वाचन प्रक्रियाबाट सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो।
नवगठित कास्की जिल्ला कार्यसमिति
अध्यक्ष : पुरन कुमार श्रेष्ठ
उपाध्यक्ष : संगीत अधिकारी
सचिव : कपिल भुषाल
कोषाध्यक्ष : पुष्पा श्रेष्ठ कटिला
सदस्य : विजय अधिकारी
सदस्य : अनुप गुरुङ
सदस्य : कपिल अधिकारी
सदस्य : विष्णु सुवेदी
सदस्य : रोजीलिया लिगल
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्थापन—स्थान, खाजा, भोजन, खादा, माला लगायतका व्यवस्थाहरू मिलाउनु भएका नवनिर्वाचित जिल्ला अध्यक्ष पुरन कुमार श्रेष्ठप्रति नेपाल होस्टल एसोसिएसनले विशेष आभार व्यक्त गरेको छ।
त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण होस्टल व्यवसायी, अतिथि तथा सहभागीहरूलाई समेत धन्यवाद ज्ञापन गरिएको छ।
नेपालभरका होस्टल व्यवसायीहरूबीच एकता, सहकार्य तथा व्यवसायिक हित प्रवर्द्धन गर्ने उद्देश्यसहित एसोसिएसनले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ।
– होस्टल सेवा समाचार डेस्क
जय होस्टल!
पोखरा, कास्की | होस्टल सेवा समाचार

About पोखरा, कास्की | होस्टल सेवा समाचार

पोखरा, कास्की | होस्टल सेवा समाचार

Footer with Updated Layout
Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI. Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI.