Added to Website: January 14, 2026

नेपाल होस्टल एशोसिएसन रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

Hostel Sewa

Hostel Sewa

5 min read 123 views

नेपाल होस्टल एशोसिएसन रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

नेपाल होस्टल एशोसिएसन रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट श्री सचिन श्रेष्ठज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

नेपाल होस्टल एशोसिएसन रुपन्देहीको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट श्री सचिन श्रेष्ठज्यूको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनले नौ सदस्यीय कार्यसमिति गठन गरेको हो, जसअनुसार उपाध्यक्षमा श्री रोशन न्यौपानेज्यू, सचिवमा श्री भरत ओलीज्यू, कोषाध्यक्षमा सुश्री आशा खनालज्यू तथा सह–सचिवमा सुश्री सरिता न्यौपानेज्यू चयन हुनुभएको छ। सदस्यहरूमा श्री भागिरथ घिमिरेज्यू, श्री हरि न्यौपानेज्यू, श्री प्रदीप कार्कीज्यू तथा सुश्री शोभा न्यौपानेज्यू निर्वाचित हुनुभएको छ।
साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपमेयर माननीय सावित्रादेवी अर्यालज्यूले सबै व्यवसायिक संस्थाहरू कानुनी दायराभित्र रही दर्ता हुनुपर्नेमा जोड दिँदै गैरकानुनी रूपमा सञ्चालन नगर्न आग्रह गर्नुभएको थियो। होस्टल एशोसिएसन प्रदेश सरकारअन्तर्गत रहने भएकाले स्थानीय सरकारले प्रत्यक्ष रूपमा नियमन गर्न नसकेको उहाँको भनाइ रहेको थियो।
कार्यक्रममा एशोसिएसनकी केन्द्रीय अध्यक्ष सुश्री सुनिता लाकौलज्यूले स्थानीय सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दर्ता तथा नियमन प्रक्रियालाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै उहाँले स्थानीय सरकारले नै व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिनुभएको थियो।
अध्यक्ष सुश्री संगिता पौडेलज्यूको अध्यक्षता तथा सचिव श्री रोशन न्यौपानेज्यूको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष श्री नरेन्द्र बोहोराज्यू, महिला उपाध्यक्ष सुश्री जया पौडेलज्यू तथा रुपन्देही जिल्लामा पहिलो पटक होस्टल अवधारणाको सुरुआत गर्नुहुने अग्रणी सञ्चालक सुश्री निरु ब्रजाचार्यज्यूलगायत वक्ताहरूले होस्टल व्यवसायलाई सेवामूलक भावनाका साथ सञ्चालन गर्नुपर्ने र सम्बन्धित नियामक निकायले नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।
नवनिर्वाचित अध्यक्ष श्री सचिन श्रेष्ठज्यूका अनुसार हाल रुपन्देही जिल्लामा करिब ४० वटा दर्ता भएका होस्टलहरू सञ्चालनमा रहेका छन्, जसमध्ये ३५ वटा होस्टल एशोसिएसनमा आबद्ध रहेका छन्। तर, सोही संख्यामा दर्ता नै नगरी सञ्चालन भइरहेका होस्टलहरू पनि रहेको जानकारी उहाँले दिनुभएको छ।
उहाँका अनुसार होस्टलहरूमा विद्यार्थीहरू तथा विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूलाई पारिवारिक वातावरणमा बसोबास गराइँदै आएको छ। विशेष गरी दुर्गम क्षेत्रबाट आउनु भएका विद्यार्थीहरू यस प्रकारका होस्टलहरूमा बसोबास गर्ने गरेका छन्। हाल दर्ता भएका होस्टलहरूमा ३ सयभन्दा बढी विद्यार्थीहरू आवासरत रहेको उहाँले जानकारी दिनुभयो।
काठमाडौं उपत्यकामा स्थानीय सरकारले नै होस्टलसम्बन्धी कानुन निर्माण गरी नियमन गरिरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले रुपन्देही जिल्लामा पनि यस्तै कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। यस विषयमा व्यवसायीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि स्थानीय तहबाट आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढ्न नसकेको गुनासो पनि उहाँले व्यक्त गर्नुभयो।
0 Comments
Hostel Sewa
Written By

Hostel Sewa

Hostel Sewa

Discussion (0)

No comments yet.

Be the first to share your thoughts!

Hostel Sewa - Single Row Footer Layout
Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI. Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI.