Community Stories

होस्टल सुरक्षा र व्यवस्थापनका विषयमा सातदोबाटो प्रहरी वृत्तका प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

होस्टल सेवा

होस्टल सेवा

Published on Date Pending • 5 min read • 104 views

होस्टल सुरक्षा र व्यवस्थापनका विषयमा सातदोबाटो प्रहरी वृत्तका प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

होस्टल सेवा

सातदोबाटो क्षेत्रका होस्टल व्यवसायीहरू र सातदोबाटो प्रहरी वृत्तका प्रमुख डीएसपी पूर्णिमा चन्दबीच एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा होस्टलहरूलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अपनाउनुपर्ने सतर्कता, सजगता र सहजताका विषयमा गम्भीर छलफल गरिएको थियो।
छलफलका मुख्य बुँदाहरू:
सुरक्षा पहलबुझ: होस्टलको सुरक्षाका लागि CCTV क्यामेरा जडान र सुरक्षा गार्डको व्यवस्था अनिवार्य हुनुपर्नेमा जोड दिइएको छ।
कानुनी प्रक्रिया: सबै होस्टलहरू अनिवार्य रूपमा स्थानीय निकाय र आन्तरिक राजस्व कार्यालय (PAN/VAT) मा दर्ता भई कानुनी दायराभित्र रहनुपर्नेछ।
पहिचान र प्रमाणीकरण: होस्टलमा विद्यार्थी वा अन्य सेवाग्राही राख्दा अनिवार्य रूपमा परिचयपत्र (ID Card) र सम्भव भएसम्म प्रहरी रिपोर्ट (Police Report) समेत लिने व्यवस्था गर्न सुझाव दिइएको छ।
प्रहरीको साथ र सहयोग: सातदोबाटो प्रहरी वृत्तले होस्टल व्यवसायीहरूको समस्या समाधान र सहकार्यका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाएको छ।
आवश्यक परेमा सम्पर्क:
कुनै पनि सुरक्षा चुनौती वा सहयोग आवश्यक परेमा सातदोबाटो प्रहरी वृत्तका प्रमुखको मोबाइल नम्बर +9779851283885 मा सिधै सम्पर्क गर्न सकिने जानकारी समेत गराइएको छ। यो नम्बर २४ सै घण्टा खुला रहनेछ।
व्यवसायीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले यस क्षेत्रको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने र प्रहरी-व्यवसायी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
##HostelSafety #NepalPolice #Satdobato #SecurityAwareness #HostelBusiness #CommunityPolicing
होस्टल सेवा

About होस्टल सेवा

होस्टल व्यवसायीको साथी

Footer with Updated Layout
Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI. Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI.