Community Stories

होस्टल व्यवसायी संघ नेपालको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा किरण शर्मा निर्वाचित

मङ्सिर ५, २०८२ | काठमाडौं

मङ्सिर ५, २०८२ | काठमाडौं

Published on Date Pending • 5 min read • 44 views

होस्टल व्यवसायी संघ नेपालको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा किरण शर्मा निर्वाचित

काठमाडौंमा सम्पन्न होस्टल व्यवसायी संघ नेपालको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संघको भावी दिशा तय गरेको छ।

अधिवेशनबाट किरण शर्मा संघको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

अधिवेशनले गठन गरेको नयाँ कार्यसमितिमा भिम भण्डारी वरिष्ठ उपाध्यक्ष चयन हुनुभएको छ भने बिन्दिरा न्यौपाने र श्यामसुन्दर यादव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। महासचिवको जिम्मेवारी देवराज कण्डेलले सम्हाल्नुभएको छ। सदस्यहरूमा समिक्ष्या गौतम, धनु राई, भक्तिराम अधिकारी, दिनेश बराल तथा शान्ति प्रसाद सुवेदी चयन हुनुभएको छ।

कार्यक्रमका क्रममा होस्टल व्यवसायलाई व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री बनाउने विषयमा गहन छलफल गरिएको थियो। होस्टल सुरक्षाका मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली, स्वच्छ तथा गुणस्तरीय भोजन व्यवस्था र सकारात्मक शैक्षिक वातावरण निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको थियो।

नवनिर्वाचित अध्यक्ष किरण शर्माले संघलाई पारदर्शी, जिम्मेवार र सेवामुखी संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देशभरका होस्टल व्यवसायीहरूलाई एकीकृत गर्दै नीतिगत सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवसायिक मर्यादा कायम गर्न संघले सक्रिय भूमिका खेल्ने बताउनुभयो।

अधिवेशनको समापनसँगै संघले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै होस्टल व्यवसाय क्षेत्रको समग्र विकासमा संघको योगदान अझ सशक्त हुने विश्वास व्यक्त गरेको छ।
#होस्टल व्यवसायी संघ नेपाल
मङ्सिर ५, २०८२ | काठमाडौं

About मङ्सिर ५, २०८२ | काठमाडौं

Hostel Sewa

Footer with Updated Layout
Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI. Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI.