Community Stories

नेहा चितवनको ११ औं वार्षिक साधारणसभा तथा छैंटौं अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना

Hostel Sewa

Hostel Sewa

Published on Date Pending • 5 min read • 89 views

नेहा चितवनको ११ औं वार्षिक साधारणसभा तथा छैंटौं अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना

चितवन — नेपाल होस्टेल एशोसिएसन, चितवन जिल्ला कार्यसमितिको एघारौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन–२०८२ सभ्य, व्यवस्थित तथा भव्य रूपमा सम्पन्न भएको छ।

चितवन — नेपाल होस्टेल एशोसिएसन, चितवन जिल्ला कार्यसमितिको एघारौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन–२०८२ सभ्य, व्यवस्थित तथा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले होस्टेल क्षेत्रको संस्थागत विकास, व्यवसायिक मर्यादा र आपसी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनबाट तपसिल बमोजिमको नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको छ। नवनिर्वाचित कार्यसमितिको नेतृत्वमा आगामी कार्यकालमा होस्टेल व्यवसायलाई अझ सुरक्षित, व्यवस्थित र व्यवसायिक बनाउने लक्ष्य लिइएको छ।

नवनिर्वाचित जिल्ला कार्यसमिति (२०८२)

अध्यक्ष: आरती गोपाल मूर्ति
उपाध्यक्ष: सुजन बाबु भट्ट
सचिव: प्रदिप कुमार सुनुवार
सह–सचिव: समझना देवी तिवारी पन्त
कोषाध्यक्ष: पूनम क्षेत्री
सदस्यहरू:
लक्ष्मी भुषाल
हिरा देवी ढकाल
गीता कुमारी चौधरी
विश्वास ढकाल

अधिवेशनमा सहभागी वक्ताहरूले होस्टेल क्षेत्रको गुणस्तर, सुरक्षा, विद्यार्थीमैत्री वातावरण तथा नीति–निर्माण तहसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा होस्टेल सेवा डट कमको तर्फबाट सहभागिता जनाइएको थियो। कार्यक्रममा सहभागी हुन पाउनु होस्टेल सेवा परिवारका लागि गौरवको विषय रहेको जनाउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

होस्टेल सेवा डट कमले डिजिटल प्रविधिमार्फत होस्टेल बुकिङ प्रणालीलाई सरल, पारदर्शी र विश्वसनीय बनाउँदै नेपालभरका होस्टेल व्यवसायी तथा सेवा ग्राहीलाई जोड्दै आएको छ।
Hostel Sewa

About Hostel Sewa

Content Creator at Hostel Sewa

Footer with Updated Layout
Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI. Notice: Welcome to Sujata Industries, Nepal's first and leading drone manufacturing company. We offer solutions in Drone Technology, Robotics, and AI.